News Portal

विर्तामोडमा सर्पले डसेर एक वृद्धाको मृत्यु

रातोपोस्ट संवाददाता
१२९ पटक

झापा, २७ साउन । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजना वृद्धाको मृत्यु भएको छ ।

बिर्तामोड-७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो ।

त्यसपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएकोमा त्यहाँ उपचार हुन नसकी बिहान ९ः२५ बजे उपचारका लागि बिर्तामोड ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले बताए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्