News Portal

कोशी प्रदेशसभा बैठक भदौ १४ गते

रातोपोस्ट संवाददाता
१६२ पटक

मोरङ, ५ भदाै । कोशी प्रदेशसभा बैठक भदौ १४ गते शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार साउन ८ गते बसेको तेह्रौँ बैठकबाट स्थगित प्रदेश सभा भदौ १४ गते बस्ने भएको हो।

यसअघि सचिवालयले भदौ १८ गते मंगलबारका लागि बैठक आह्वानको सूचना जारी गरेको थियो। सो सूचना संशोधन गर्दै सचिवालयले चार दिन अगाडि १४ गतेका लागि बैठक तय गरेको सचिव पराजुलीले जानकारी दिए।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने कांग्रेसका कारण सदन अघि बढाउन नसकेको बताएका छन्। उनले भने, ‘माओवादी सत्ताबाट बाहिर भएपछि कांग्रेसलाई लिएर अघि बढ्दा सदन चलाउँ भन्ने कुरा राखेका हौँ। उहाँहरु अहिले होइन, एक–दुई दिन भन्दै पछि हट्नु भयो।’

प्रतिकृया दिनुहोस्