मेचीनगर, १३ भदौ । मेची नगरपालिकाले नगरभित्र आगमन हुने निजी सवारी साधनबाट पटके कर बढी लिएको भन्दै ६ राजनीतिक दलले जनतालाई पटके कर नर्तिन अपिल गरेका छन् । नगरले जनतामाथि दोब्बर कर लिएको भन्दै नगरको स्पष्ट दृष्टिको नहुँदा सम्म कर शुल्क नबुझाउन ६ दलले जनतालाई अपिल गरेका छन् ।
नगरपालिकाको कार्यसम्पादन जनहितकारी नभएको भन्दै ६ दलको चरणबद्व आन्दोलनका क्रममा असार १९ गते सूचना प्रकाशित गरी कर नलिने र त्यसपछि साउन १ गतेबाट नगरभित्रका सडकमा उठाउने पटके र कर शुल्क दोब्बर लिएको प्रति नगर नेतृत्वको चरित्र उदाङो भएको जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
२०८१ असार २१ गतेको वार्षिक कर लिने भनी ६ राजनीति दलसमक्ष नगरप्रमुखले दिएको आश्वासन बिपरित नगरले गरेको कामको घोर भत्सर्ना गर्दै सवारी सञ्चालनलाई उक्त कर नतिर्न आग्रह गरेको ६ राजनीति दलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकाको भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती लगायतका बिषयमा सुधार गर्न र नगरे भाद्रको पहिलो सातादेखि चरणबद्द आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही बिषयलाई लिएर नगर नेतृत्वलाई दिएको २१ बुँदे ज्ञापनपत्रका बिषयमा मेयर र उपमेयरले ६ राजनीति दलसँग वार्ता गरेका थिए । २ पटकको वार्तापछ न्यूनतम सर्त अघि सारेको दलले नगरको कानुनी बिषयस्वीकार्दै पुनः अर्को बैठकमा सामाधान खोज्नेगरी निर्णय गरेको थियो । मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती पोख्रेलले कार्यपालिकाको बैठकमा ६ दलले बुझाएको २१ बुँदे मागका बिषयमा छलफलपछि सम्बोधन गर्ने भने पछि वार्ता निष्कर्षबिहिन बनेको थियो ।
नगरको कानुनी बिषयलाई ध्यानदिँदै कार्यपालिकाको बैठकसम्म ६ दलको माग ओझेलमा पार्ने नियतले अलमल्याइ राखेको बिज्ञप्तिमा उल्लेख छ । तर, बुँदाभित्र पर्ने करकै बिषयमा बलमिच्याईँ र शृङ्खलाबद्ध ढंगले गरेको कामपछि उत्पन्न सबै खाले परिस्थितिको सामना नगरपालिकाले लिनुपर्ने चेतावनी दिएको छ ।
कांग्रेसका तर्फबाट क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी तथा नगर सभापति शुवेशकुमार पनेरु, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल र नगर अध्यक्ष राजन चिमरिया, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, प्रदेश सदस्य याम बुढाथोकी तथा नगर सभापति कमल गौतमले हस्ताक्षर गरेका छन् । त्यस्तै राप्रपाका तर्फबाट क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेल तथा नगर सचिव विशालकृष्ण बास्तोला, एकीकृत समाजबादीका तर्फबाट क्षेत्रीय संयोजक भाष्कर घिमिरे तथा नगर अध्यक्ष हरि प्रसाद तिम्सिना साथै जसपाका तर्फबाट नगर अध्यक्ष ओमप्रकाश खापुङले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।