News Portal

पाँचथरमा बम बिस्फोट हुँदा दाजुबहिनीको मृत्यु, एक घाइते

रातोपोस्ट संवाददाता
९५ पटक

पाँचथर, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाइ वर्षकी छोरी प्रिन्साको मृत्यु भएको हो ।

उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । अर्का बालक पवन राईको भने पाँचथर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । खेलिरहेको ठाउँमा भेटिएको बम बिस्फोट ३ बालबालिका घाइते भएका थिए । स्थानीयका अनुसार अपरान्ह ठूलो आवाजमा विष्फोट भएको थियो ।

घाइते पवन राईले खेलिरहेको अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताएका छन् । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ गएको बताइएको छ । विस्फोट भएको घरका धनी आइतराज केरुङ माओवादी कार्यकर्ता हुन् ।

प्रतिकृया दिनुहोस्