News Portal

निरौला बन्धु सेवा समाज मेचीनगरको अध्यक्षमा तुलशी चयन

रातोपोस्ट संवाददाता
६८ पटक

झापा, १५ भदौ । निरौला बन्धु सेवा समाज मेचीनगरको अध्यक्षमा तुलशीप्रसाद निरौला चयन भएका छन। आज मेचीनगर-६ स्थित काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा १५ औं बार्षिक भेला तथा प्रथम अधिवेशनले तुलशीप्रसादको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रमेशराज निरौला, सचिवमा चन्द्रप्रसाद निरौला, कोषध्यक्षमा रमेश निरौला र सहसचिवमा प्रेम निरौला सर्बसम्मत चयन भएको निर्वाचन समितिका सदस्य शान्ता निरौलाले जानकारी दिइन् । त्यस्तै सदस्यहरुमा पुण्डेप्रसाद निरौला, धर्मानन्द निरौला, पर्शुराम निरौला, अनिसा गौतम निरौला, चेतन निरौला र दिपक निरौला चयन भएका छन् । अधिवेशनले अन्य सदस्यहरुमा मञ्जु निरौला, दुर्गादेवी निरौला, सुनिता निरौला र देबेन्द्र निरौलालाई चयन गरेको छ ।

साधारण सभाले यादव निरौलाको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यमा लेखनाथ निरौला र कुसुम निरौला चयन भएका छन् । तुलशीप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न साधारण सभा प्रमुख अतिथि निरौला बन्धु समाज केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले बन्धुहरु बिचको आपसी सदभाव र समन्वय गरी पारिवारिक उन्नयनको काम गर्न सुझाव दिए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका न्यायिक समितिका सदस्य कुन्दन निरौला, निरौला बन्धु समाजका सल्लाहाकार ज्ञानेन्द्र निरौला र दुर्गा प्रसाद निरौलाले शुभकामना मन्तव्य राखेका थिए । साधारण सभाकै अवसरमा तीज बिषेश कार्यक्रम समेत सञ्चालन साथै निरौला बन्धुका सदस्य परिवारबाट २०८० को एसईई परीक्षमा उतिर्ण बिद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमकाे सञ्चालन चन्द्र प्रसाद निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्