News Portal

काँकडभिट्टामा ब्राउनसुगरसहित चार जना पक्राउ

रातोपोस्ट संवाददाता
५१ पटक

झापा, २१ भदौ । काँकडभिट्टामा ब्राउनसुगरसहित आधा घण्टाभित्र चार जना पक्राउ परेका छन् । हिजो साँझ प्रतिबन्धित लागुऔषध ब्राउनसुगर मेची पुलमा तीन नेपाली र एक भारतीय पक्राउ परेका हुन् । साँझ मेचीनगर– ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका पाँचथर फिदिम नगरपालिका वडा नं.१० स्थायी वतन भई हाल मोरङ बेलबारी नगरपालिका वडा नं.४ बस्ने २८ वर्षीय बिरेन लोवालाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र लुकाई ल्याउँदै गरेको अवस्थामा १० ग्राम ६७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै साँझ ७ः३० बजे मेची पुलमा भारतबाट सिटीसफारीमा नेपालतर्फ आउँदै गरेका भारतको पश्चिम बंगाल जिल्ला जलपाइगुडी बाँदरहाट बस्ने २२ वर्षीय मनोज शर्मा १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै मेची पुलमै भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका वडा नं.९ बस्ने २४ वर्षीय तिलक मग्रान्ती १ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । त्यस्तै राति ८ बजे मेची पुलमै सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. १ सिसुवारी बस्ने २२ वर्षीय एलन बिष्टलाई ७ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्