News Portal

मेचीनगरकी दीक्षाको अस्ट्रेलियामा शङ्कास्पद मृत्यु

रातोपोस्ट संवाददाता
६१ पटक

झापा, २६ भदौ । झापाको मेचीनगर– १४ की तुलसा माया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केही दुरिमा रहेको हाइट पार्क छेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो ।

दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य व्यापार एभरेस्ट बुचरीझमा पार्टटाइम काम गर्दै आएकी थिइन्, भने उनको श्रीमान् रबि प्रसाईं सोही बुचरीझमा घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् ।

अघिल्लो दिन रबि र दिक्षा सँगै डिउटी गएर फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाको उनको भनाई छ । छोरी दिक्षा हराएकी रहिछ, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, अघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे । सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले । रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए ।

अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०ः४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।

दिक्षाको मृत्यु कि हत्या ?

२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भने पनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ । दिक्षा झापा मेचीनगर–१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् । शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार–सहयोगी मनकी धनी दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर–११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा आफन्त र इष्टमित्रको घुइँचो बढेको छ ।

प्रतिकृया दिनुहोस्