News Portal

धुलाबारीमा असोज ११ र १२ गते जेसिजको क्षेत्र ‘क’ सम्मेलन हुने

रातोपोस्ट संवाददाता
६१ पटक

मेचीनगर, ३० भदौ । नेपाल जेसिज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन धुलाबारी जेसिजको आतिथ्यतामा हुने भएको छ । सम्मेलन असोज ११ र १२ गते धुलाबारीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

झापाको बाहुनडाँगीदेखि सर्लाहीसम्म क्षेत्र ‘क’ अन्तर्गत पर्ने ४६ वटा शाखा, जुनियर जेसिज १६ वटा र नेपाल जेसिजका पदाधिकारीसहित करिब ६०० जेसिज सदस्यहरुको उपस्थितिमा सम्मेलन हुने सम्मेलनका निर्देशक अनन्त वस्तीले जानकारी दिए । पहिलो दिनको कार्यक्रमअन्र्तगत थिम सेमिनार, जेनेरल एसेम्ली, सिनेटर बैठक, जुनियर जेसिजको बैठक, अन्तर शाखा वक्तृत्वकला र जेसिज नाइट हुनेछ ।

त्यस्तै, दोस्रो दिनको कार्यक्रमअन्तर्गत तालिम, जेनेरल एसेम्ली, नेपाल जेसिजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने वस्तीले बताए । सम्मेलन सम्पन्न गर्न ३२ लाख खर्च लाग्ने अनुमान गरिएको र तीन हजार ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा धुलाबारी जेसिजका अध्यक्ष मञ्जिल रसाइली, निर्देशक वस्ती, तेजप्रसाद चौलागाईं, ऋषिराज तिम्सिना, दिनेश शाक्य, राजीव प्रसाईंलगायत जेसिजका संस्थापक अध्यक्ष सुलभ भण्डारी, जुनियर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पूर्वअध्यक्ष एवम सम्मेलन सचिव लीलाप्रसाद भण्डारी र बाहुनडाँगी जेसिजका अध्यक्ष एवम सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्