रातोपोस्ट संवाददाता
मेचीनगर, ३ असोज । झापा मेचीनगरका जयराम दाहालले आइल्याण्ड पिक हिमालको सफल आरोहण गरेका छन् । मेचीनगर –१५ ज्यामिरगढीका २७ वर्षीय दाहालले असोज १ गते बिहान आइल्याण्ड पिक हिमालको आरोहण गर्न सफल भएका हुन् ।
सोलुखुम्बु जिल्लाको सगरमाथा हिमाल क्षेत्रमा नै रहेको ६ हजार एक सय ६५ मिटर उचाईको आइल्याण्ड पिक हिमालको टुप्पोमा असोज १ गते बिहान ९ः३० बजे पुग्न सफल भएका थिए ।
उनले आइल्याण्ड पिक हिमालको सफल आरोहणका लागि १४ दिन लागेको बताए । दाहालसँगै हङकङका आरोहीहरु सिलोङ चान र होङ किट पनि आइल्याण्ड पिकको शिखरमा पुग्न सफल भएका छन्।