News Portal

प्रधानमन्त्रीको उपचार प्रक्रिया बुधबार सकिने

रातोपोस्ट संवाददाता
९१२ पटक

काठमाडाैं। प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया बुधबार सकिने भएको छ । ५ भदौमा उपचारको सिलसिलामा सिंगापुर गएका प्रधानमन्त्री ओलीको सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाट छैठौँ चरणको उपचार सम्पन्न भएको उनको सचिवालयले जनाएको छ ।

प्लाजा फेरेसिस प्रक्रियाबाट मिर्गाैलासम्बन्धी एन्टिबडीलाई निराकरण गरिन्छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार बुधबार सातौँ चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । सातौँ चरणको उपचार प्रक्रिया सकिएपछि चिकित्सकहरूको परार्मशका आधारमा प्रधानमन्त्री ओली स्वदेश फर्किने मिति तय हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्