News Portal

कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ

रातोपोस्ट संवाददाता
१६० पटक

विराटनगर, २७ चैत । नेपाली कांग्रेसले कोशी प्रदेशसभामा गोपाल तामाङलाई प्रमुख सचेतक चयन गरेको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम तामाङलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम उनलाई प्रमुख सचेतक चयन गरेको थापाले बताए ।

उनी झापा क्षेत्र नम्बर १ को प्रदेशसभा (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि संसदीय दलका प्रमुख सचेतक रहेका भूपेन्द्र राईले पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्