News Portal

दुर्गापुरमा बसले झारेको युवकको मृत्यु

रातोपोस्ट संवाददाता
१५७ पटक

झापा, २८ चैत । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान करिब ११ बजेको समयमा कनकाई नगरपालिका–७ दुर्गापुरको पश्चिम बसस्टेण्डमा एक नाम थर ठेगान नखुलेको करिब २२ वर्षीय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको बसले अचेत अवस्थामा छाडेर हिँडेको थियो । धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लैजाँदा त्यहाँ चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यात्रुलाई अलपत्र पारेर छाडने बसको बारेमा दुर्गापुर बजारमा रहेका सिसी टिभी फुटेजका आधारमा यात्रुवाहक बसको बारेमा थाहा भएको र उक्त बसलाई थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्ट म्यार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्