News Portal

पातालगङ्गा घैलाडुब्बा मन्दिरको अध्यक्षमा खरेल चयन

रातोपोस्ट संवाददाता
१७५ पटक

झापा, ५ बैशाख । झापाकाे मेचीनगर- ५ र ८ मा रहेकाे सुरेन्द्रनगर पातालगङ्गा घैलाडुब्बा देवी तथा शिवालय मन्दिरको अध्यक्षमा गणेशकुमार खरेल निर्वाचित भएका छन् । समितिको आगामी ४ वर्षे कार्यकालका लागि खरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा जीवन तामाङ, सचिवमा निरज खालिङ राई, सहसचिवमा चन्द्र थापा र कोषाध्यक्षमा सूर्य अधिकारी निर्वाचित भए । त्यसैगरी, सदस्यहरुमा किरण पोखरेल, तेजीमाया राउत, कृष्ण मुण्डा, सूर्यमान मगर निर्वाचित भएको निर्वाचन समिति संयोजक दीपक काफ्लले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्