News Portal

काँकरभिट्टा खानेपानीद्वारा बाहुनडाँगीमा नयाँ सिस्टम उद्घाटन

रातोपोस्ट संवाददाता
५५ पटक

झापा, १३ बैशाख । झापाकाे मेचीनगरमा रहेकाे काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेको छ । आज मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले मेचीनगर-४ स्थित बाहुनडाँगीमा नयाँ सिस्टमको उद्घाटन गरेका हुन ।

कार्यक्रममा मेयर बुढाथोकीले मेचीनगर क्षेत्रका केही वडामा जनता खोलाको पानी खान बाध्य भएको बताएका छन् । उनका अनुसार टुक्रा – टुक्रा आयोजना सञ्चालन गरेर होइन सबैलाई एक ठाउँमा समाहित गरेर आयोजना सञ्चालन गर्न सके जनतालाई राहत हुने बताए ।

काठमाडौंको जीआरई कन्ट्रक्सन प्रालिले उक्त आयोजनाको ठेक्का लिएको थियो । २०७८ साल असोजमा सुरू उक्त आयोजना ०८१ बैशाखमा सम्पन्न भएको छ । आइपीएस सम्मको कुल लागत १६ करोड ६६ लाख ७३ हजार ८१४ रूपैया ३३ पैसा रहेको छ ।

सहलगानी अन्तरगत कुल खर्च १५ करोड ५७ लाख ३८ हजार ६७७ रूपैया ८५ पैसा रहेको छ । सहलगानीको काँकरभिट्टा खानेपानीतर्फ ६ करोड ३८ लाख १३ हजार ४१२ रूपैयाँ ६३ पैसा, धुलाबारी खानेपानीतर्फ ४ करोड ८० लाख ७६ हजार २१० रूपैया ५ पैसा र चारआली खानेपानीतर्फ ४ करोड ३८ लाख ४९ हजार ५५ रूपैयाँ १७ पैसा रहेको छ ।

४ कठ्ठा जग्गामा निर्माण भएको नयाँ सिस्टमको २ कठ्ठा जग्गा ८ लाख रूपैयाँमा खरिद गरिएको छ भने २ कठ्ठा जग्गा स्थानीयले दान दिएका छन् । कार्यक्रममा जग्गादाता टेकबहादुर कार्की र अम्बिका कार्कीलाई सम्मान गरिएको थियाे ।

त्यस्तै कार्यक्रममा पूर्व मेचीनगरका मेयर विमल आचार्य, मेचीनगर–२ का वडा अध्यक्ष दिपक बराल, ३ का वडा अध्यक्ष हर्क वस्नेत, ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, जीआरई कन्ट्रकसनका सञ्चालक देवेन्द्र चौलागाईलाई सम्मान गरिएको छ । कार्यक्रममा मेचीनगरका मेयर बुढाथोकी, पूर्व मेयर विमल आचार्य, जीआरई कन्ट्रकसनका सञ्चालक चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

उक्त खानेपानी ट्याङ्कीको निर्माणसँगै वडा नम्बर २, ३ र ४ का १ हजार ९ सय घरधुरीलाई पुग्ने गरी खानेपानी दिने लक्ष्य रहेको छ । अहिलेसम्म स्थानीयले ३ सय धारा जडान गरेको बताइएको छ । ट्याङ्कीमा साढे चार लाख लिटर पानी अट्ने क्षमताको रहेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष गोविन्द गिरीले र सञ्चालन सचिव दिलिपजंग आङदेम्वेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्