News Portal

एनसेल टावरमा कुकर बम विष्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो

रातोपोस्ट संवाददाता
१३३ पटक

काठमाडौं, २९ चैत । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको छ । गएराति साढे १ बजेतिर कुकर बम विस्फोट भएको हो ।

विस्फोटबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । विष्फोटका कारण टावरको विद्युतीय तारलगायत उपकरणमा समान्य क्षति भएकाले टेलिकम सेवामा भने असर नभएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ । पर्चामा एनसेलले ठगी गरेको आरोप लगाइएको छ । विस्फोट गराउने समूहलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्