News Portal

अनेरास्ववियु केन्द्रीय कमिटिका सदस्यले सपथ लिए

रातोपोस्ट संवाददाता
६८४ पटक

काठमाडौंमा। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले सपथ ग्रहण गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् ।

अनेरास्ववियूले १८ पुसमा एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । त्यसमा केही विद्यार्थी नेताहरुले असन्तुष्टि जनाएका थिए ।

प्रतिकृया दिनुहोस्