News Portal

  • झापाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

    रातोपोस्ट संवाददाता
    ४१४ पटक

    भद्रपुर। झापाका तीन स्थानीय तहमा आज (आइतबार ) सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

    महाभारतकालीन किंवदन्तीसँग जोडिएको झापाको भद्रपुरमा मनाइने किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन ।

    प्रत्येक वर्ष माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी ब्रत समाप्तिका दिन धार्मिक परम्परा अनुसार भद्रपुर २ र ३ नम्बर वडामा रहेको किचकबधमा मेला लाग्ने गरेको छ । यस वर्ष भने आज मेला लाग्ने भएको छ ।

    किचकबधमा रहेको ऐतिहासिक धार्मिक पोखरीमा माघ शुक्ल पूर्णिमाका दिन पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा ब्रतालु भक्तजनहरूको इच्छाएको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    महाभारत कालीन किम्बदन्ती अनुसार विराट राजाका सालो किचक सेनापति थिए ।

    पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्क्याएर मारेको किम्बदन्ती छ ।

    सोही कथावस्तुलाई आधार मानेर यस ठाउँका नाम किचकबध नामकरण गरिएको किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव मदन कँडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)