News Portal

छैटौ एसियन ग्रामीण पर्यटन् महोत्सवमा साहित्यिक कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
६९१ पटक

झापा। काँकरभिट्टामा आयोजित छैटौ एसियन ग्रामीण पर्यटन् महोत्सवको तेस्रो दिन मंगलवार साहित्यीक कार्यक्रम सम्पन्न भएको छ ।

महोत्सवकी साहित्य संयोजक अनिता गुराँगाई को सभापतित्व तथा प्राज्ञ सदस्य सुभद्रा अर्यालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि भानु साहित्यीक प्रतिष्ठान काँकरभिट्टाकाअध्यक्ष कृष्ण प्रसाद उप्रेती , साहित्यकार कोमल प्रसाद पोखरेल , पुन्य प्रसाद खरेल लगायतले बोलेका थिए ।सो अवसरमा साहित्यकार हरिनारायण भट्टराई ,मिना अधिकारी , दुर्गा सिक्देल , टीका भट्टराई विरहि अधिकारी , पर्शुराम तिम्सिना कलकत्ताका साहित्यकार देवज्योति लाहिरी , व्राजिलका साहित्यकार इटालो रोवेरो लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा बहुप्रतिभाका धनी साहित्यकार मात्रिका संग्रौलाले नाकले मुर्चुङगा, बाँसुरी लगायत बिभिन्न बाध्य सामाग्रिको धुन सुनाएका थिए ।

सो अवसरमा एकता महिला समूहको रोचक संगिनी नृत्य, काँकरभिट्टा माविका विद्यार्थीहरुको साकेला नृत्य, थारु कल्याणकारी सभा मेचीनगर र राजवंशी समुदाय लगायत विभिन्न जातजातीको जातीय नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा भारतको दार्जेलीङ निवासी सेम सङ तामाङ द्धारा लिखित खानाको परिकार सम्वन्धी दुई वटा पुस्तक लोकार्पण गरिएको थियो ।

सो पुस्तकको लोकार्पण प्रमुख अतिथि अर्याल र महोत्सवका आयोजक समितिका संयोजक अर्जुन कार्कीले संयुक्त रुपमा गरेका थिए । पुस्तकको विषयमा निलिमा तामाङले प्रकाश पारेकी थिईन ।

संयोजक कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुसेली साहित्यिक परिवारका सचिव कनक बहादुर कार्कीले गरेका थिए । तीन दिनमा २५ हजार बढीले महोत्सव अवलोकन गरेको सल्लाकार संयोजक डिल्लीराम घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्