News Portal

क्रान्तिका बेला ठूला त्याग गर्ने, सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त : प्रचण्ड

रातोपोस्ट संवाददाता
५५७ पटक

काठमाण्डाै। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठूलो ठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताए ।

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए।

उहाँले भने, ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्नसक्ने जनतासँग घुलमिल हुन सक्ने, जनताको मन जितेर सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा छन् ।

नेपालको इतिहासमा पनि त्यसका लक्षणहरु देखिने गरेका छन् ।’ उहाँले हिजो मृत्युलाई पनि सामना गरेर जस्तोसुकै त्याग गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए ।

उहाँले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिँदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए ।

उहाँले भने, ‘यसो हेर्‍यो भने हाम्रो पनि त्यही नियति । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् । आज भोलिका घटनाहरु हेर्दा मान्छेहरु बिग्रने बाटाेतिर गएको जस्तो देखिँदै छ ।’

प्रतिकृया दिनुहोस्