News Portal

मलाईं फसाउन षडयन्त्र रचिएयो : महरा

रातोपोस्ट संवाददाता
८५४ पटक

दाङ : पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्र दाङमा मतदाता भेट्न पुगेका छन्।

जिल्ला अदालत काठमाडौंले महरामाथि लागेको आरोपबाट पूर्ण सफाई दिएपछि महरा काठमाडौंबाट स्थलमार्ग हुँदै सोमबार अपरान्ह दाङ आई पुगेका हुन्।

दाङमा उनलाई मतदाता, शुभेच्छुकले भव्य स्वागत गरेका छन्। मतदाताले स्वागत गरेको कार्यक्रममा पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य महराले संक्षिप्त सम्बोधन गर्दै आफूमाथि ठूलो षडयन्त्र रच्दै कमजोर पार्ने खेल रचिए पनि आफूबाट कुनै गल्ती नभएको सोही अनुसार सम्मानित अदालतले पनि आफूलाई न्याय दिएको बताए।

उनले भने, ‘मलाई फसाउन जुन ढंगबाट षडयन्त्र रचिएको थियो। त्यसबाट म मुक्त भएको छु। अझै पनि एउटा तप्का अदृश्य रुपमा खोइरो खनिरहेको छ। म गलत छैन। हुन्न पनि।

अब जीवनभर दङाली जनताको हितका लागि प्रतिवद्ध भई खट्नेछु।’  दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद महरालाई दाङका विभिन्न स्थानमा मतदाताले स्वागत गर्दै उनको हौसला बढाएका थिए।

पूर्व सभामुख महरालाई जिल्लाको भालुवाङ, सिसहनियाँ र लमही, घोराही उपमहानगरपालिका १७ को चौघेरा र गुम्रा चोकमा भव्य स्वागत गरिएको थियो।

उनलाई जनताले बाजागाजा, अबिर खादा र मालाले भब्य स्वागत गरेका थिए।

उनले करिब एक सातासम्म आफ्ना मतदातासँग बिताउने गरी दाङ आएका बताइएको छ।

प्रतिकृया दिनुहोस्