News Portal

  • सांसद रायमाझी भन्छन्- ७० करोड काण्ड प्रधानमन्त्रीको संलग्नताविना सम्भव छैन

    रातोपोस्ट संवाददाता
    ६६४ पटक

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले ७० करोड कमिसन काण्ड प्रधानमन्त्री केपी ओलीको संलग्नताविना सम्भव नभएको बताएका छन् । राष्ट्रियसभाको बिहिबार बसेको बैठकमा सांसद रायमाझीले मन्त्रिपरिषद्‍मा लगेर पारित गर्नुपर्ने विषयमा मन्त्रीले मात्र हिम्मत गर्न नसक्ने बताए ।

    “तँ अगाडि बढ् भनेर जबसम्म इसारा दिनुहुन्न यो हुनसक्ने सम्भावना हुँदैन,” उनले प्रधानमन्त्रीतर्फ लक्षित गर्दै भने, “सञ्चारमन्त्रीको ७० करोडको कुरा उठ्यो, यसमा प्रधानमन्त्रीको संलग्नता छ ।”

    उनले ललिता निवास प्रकरणमा आफूहरुले कुरा उठाए पनि आफ्ना र अरु छुट्याएको र अख्तियार सरकार मतियार बन्न पुगेको बताए ।
    उनले प्रधानमन्त्री केपी ओलीले राजीनामा गरेर ७० करोड काण्डबारे अख्तियार दुरुपयोग अनुसनधान आयोगलाई अनुसनधानमा सहयोग गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)