News Portal

  • होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृत फेला

    रातोपोस्ट संवाददाता
    ७१८ पटक

    डडेल्धुरा ।  होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् ।

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका हुन् ।

    भण्डारी सोमबार दिउँसो होली खेलेर आफ्नै घरको बाथरुममा नुहाउनका लागि छिरेका थिए । ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    यद्यपि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)