News Portal

  • ७४ घुमुवा प्रहरीलाई जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा

    रातोपोस्ट
    ६१८ पटक

    काठमाडौं: घुमुवाका रुपमा काम गर्दै आएका ७४ जना प्रहरी जवानदेखि अधिकृतसम्मलाई महानगरीय प्रहरी कार्यालयले जिम्मेवारीबाट मुक्त गर्दै सशस्त्र प्रहरी गण महाराजगन्जमा सरुवा गरिदिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरलगायतका मातहतका कार्यालयमा कार्यरत घुमुवाहरुलाई एकैपटक हटाएर उनीहरुलाई गणमा पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

    उनीहरुलाई जिम्मेवारीबाट हटाएर एकहप्ते आचरण सुधारका लागि महानगरीय प्रहरी शिक्षालय महारागन्जमा पठाइएको समेत उनले जानकारी दिए ।

    सादा पोसाकमा खटिने प्रहरी अधिकृत तथा जवानहरुलाई कार्यालयले अब  प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य अपराधको सुराकीका लागि मात्रै परिचालन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।  नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)