News Portal

  • शिवसताक्षीको पाराबारीमा बन्ने भो तरकारी बजार

    रातोपोस्ट संवाददाता
    ९५९ पटक

    झापा। शिवसताक्षी नगरपालिका – ३ मा  आधुनिक फलफूल तथा तरकारी बजार भवनको निर्माण हुने भएको छ ।
    पाराबारी कृषि बजारलाई व्यवस्थित गर्ने उद्देश्यले  बजारकाे भवन निर्माण गर्न लागिएको हो ।

    प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामी र शिवसताक्षी नगर उप–प्रमुख भोजकुमारी नेपालले शनिबार भवनको शिलान्यास गरेका हुन ।

    शिलान्यास पछि मन्तव्य व्यक्त गर्दै सांसद् दर्लामीले फलफूल तथा तरकारीलाई व्यवस्थित गर्न उक्त कृषि उपज भवनको निर्माण शुरु गरिएको बताए

    सांसद  दर्लामीले चुनावी दौरानमा पाराबारी बजार विकास निर्माणका लागि आफूले गरेको प्रतिबद्धतालाई व्यवहारमा उतारेको बताए ।

    क्षेत्रीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद काेषबाट २० लाख र नगरपालिकाबाट  ५ लाख गरि जम्मा  २५ लाख लागतमा  ४ वटा टहरा निर्माण हुने नेकपाका वडा नम्बर ३ इन्चार्ज सञ्जय राई जानकारी दिए ।

    कार्यक्रममा सहभागी वक्ताहरुले विकासको विषयमा दलगत स्वार्थभन्दा माथि उठेर जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

    कार्यक्रममा शिवसताक्षी नगरपालिका निमित्त कार्यकारी अधिकृत सुरेन्द्र दाहाल ,  जग्गा वितरण समितिका अध्यक्ष राधाकृष्ण खनाल,नेकपा नगर कमिटिका अध्याक्ष महेन्द्र भट्टराई, ३ नम्बरका  वडाध्याक्ष पुण्यप्रसाद सापकोटा ,नेकपा वडा कमिटी अध्यक्ष अग्निप्रसाद सापकोटा, धरमपुर स्वास्थ्य चौकीका प्रमुख धनकुमार विश्वकर्मा , गोपाल गौरी दिगो विकास प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतम ,पाराबारी बजार समितिका अध्याक्ष बमबहादुर कार्की,  वडा सदस्य निर्मला न्यौपाने, नन्दप्रसाद सुवेदी ,मंगलबारे बजार समिति अध्यक्ष भीम नेम्वाङ ,समाजसेवी दुर्गा नेम्वाङ , वडा इन्चार्ज सञ्जय राई , सह-इन्चार्ज बलिराम तामाङ लगायत  उपस्थितिमा  रहेकाे थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)