News Portal

कनकाई–६ मा २ सय ४५ परिवारले पाए राहात

रातोपोस्ट संवाददाता
८३३ पटक

कनकाई । कनकाई नगरपालिका वडा नम्बर ६ का अति विपन्न तथा लक्षित परिवारले राहत पाएका छन् । उनीहरुलाई विभिन्न चरणमा वडा कार्यालयले राहत वितरण गरेको हो ।

वडा कार्यालयले वडाका १६ वटा टोल विकास संस्था मार्फत विपन्नलाई राहत वितरण गरिएको वडा अध्यक्ष लक्ष्मी आलीले बताए । विपन्न तथा लक्षित बर्गले सहज रुपमा राहत उपलब्ध गराउने उदेश्यले टोल विकास संस्था मार्फत राहत वितरण गरेको उनले बताए ।

विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागी नेपाल सरकारले गरेको लकडाउन कारण अतिविपन्न र ज्याला मजदुरी गरेर छाक टार्ने परिवारलाई समस्या भएको ले त्यस्ता परिवारको छनौट गरी वडा कार्यलयले राहत वितरण गरेको हो ।

वडामा विपन्न परिवारको संख्या आंशिक ७१ र पुर्ण १ सय ७४ गरि २ सय ४५ रहेको वडा कार्यलयले जनाएको छ । कनकाई नगरपालिका कार्यालय झापाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन १०० परिवारका राहत सामग्री उपलव्ध गराएको थियो । वडा कार्यलयको तर्फबाट नै राहतको ब्यवस्थापन गरी जम्मा २ सय ४५ विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्