News Portal

  • पूर्वस्वास्थ्य राज्यमन्त्री यादव अपहरणमा परेको समाजवादी पार्टीको दाबी

    रातोपोस्ट संवाददाता
    ३३० पटक

    काठमाडौं।  पूर्व स्वास्थ्यराज्यमन्त्री डा सुरेन्द्र यादवलाई राज्य पक्षबाट अपहरण गरेको आरोप समाजवादी पार्टीले लगाएको छ।

    समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा बुधबार साँझ ५ बजे निवासबाट अपहरण शैलीमा प्रहरीले उठाएको समाजवादीका प्रचार उपप्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

    काठमाडौवाट गएको प्रहरीको टोलीले जनकपुरबाट अपहरण गरेको र पार्टी फुटाउने प्रयोजनका लागि यस्तो गरिएको दाबी पाण्डेको छ।

    दुई दिनअघि मात्र सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो। संसदीय समिति वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था संशोधन गरिएको थियो।

    उक्त अध्यादेश जारी भएपछि मधेश केन्द्रितसहित नेकपाभित्रै नै पार्टी विभाजन हुने हल्ला चलेको थियो। यादव ओली सरकारकै पालामा स्वास्थ्य राज्यमन्त्री बनेका थिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)