News Portal

  • विप्लव नेकपाका केन्द्रीय सदस्य हिमाल होम क्‍वारेन्टाइनबाटै पक्राउ

    रातोपोस्ट संवाददाता
    ६५६ पटक

    सुर्खेत : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनार (हिमाल) सुर्खेतमा पक्राउ परेका छन्

    सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ मा रहेको घरमा ‘होम क्वारेन्टाइन’मा बसिरहेका बेला सुनारलाई प्रहरीले बिहिबार बिहान आठ बजेतिर पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी गोपाल रायमाझीले सुनारलाई वीरेन्द्रनगरको कुमाल चोकबाट पक्राउ गरिएको बताएका छन्‌। पक्राउ परेका सुनार यसअघि सो पार्टीको सुर्खेत जिल्ला इञ्चार्ज रहेका थिए।

    सुनार तत्कालीन माओवादीले चलाएको जनयुद्धमा सहभागी भएका थिए। उनी माओवादी युद्धका चर्चित जनकलाकार समेत हुन्। उनी लकडाउन अगावै घरमा आएर बसेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)