News Portal

नेकपा सचिवालय बैठक सम्पन्न : वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने

रातोपोस्ट संवाददाता
८१४ पटक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको छ । त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने पनि आजको बैठकमा सहमति भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट भएका गल्तीहरुको बारेमा आत्माआलोचना गरेका छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

समाजवादको लक्ष्य हाँसिल गर्नेगरि दृढतापूर्वक काम गर्ने पनि आजको बैठकमा निर्णय लिईएको श्रेष्ठको भनाई छ । आजको बैठकमा सरकारको तर्फबाट भएका कमिकमजोरी स्विकार गर्दै आत्मआलोचना गरिएको उनले सुनाए ।

उनले अहिलेको एकता, सहमतिअनुरुप पार्टीलाई दिशानिर्देश गर्नेगरि त्यसको निम्ति आवश्यक छलफल गर्नेगरि स्थायी कमिटीको बैठक बैशाख २५ गते ११ गते बस्ने निर्णय गरिएको जनाए ।

प्रतिकृया दिनुहोस्