News Portal

  • नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण, संक्रिमतको संख्या ८२ पुग्यो

    रातोपोस्ट संवाददाता
    २९७ पटक

    काठमाडौं। नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार राती गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना देखिएको हो।

    नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ।

    नेपालगञ्जमा मंगलबार ७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ। हालसम्म संक्रमण देखिएका ८२ जनामध्ये १६ जना निको भइसकेका छन्।

    नेपालगञ्जमा संक्रमितको संख्या थपिँदै गएपछि बाँकेमा सोमबार बसेको सर्वदलिय बैठकले तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरेको छ। वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरि वैशाख २५ गते मध्यरातीसम्म यो निर्णय लागू हुनेछ।

    हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गर्नका लागि नेपालगञ्जमा तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने निर्णय गरिएको हो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)