News Portal

नेकपा केन्द्रीय सदस्य तथा प्रकाशन बिभाग प्रमुख बिरही घाइते अवस्थामा गिरफ्तार

रातोपोस्ट
८४२ पटक

काठमाडौं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदाय अनिल शर्मा ‘बिरही’लाई प्रहरीले घाइते अवस्थामै गिरफ्तार गरेको छ। विरहीलाई प्रहरीले चितवनको एक अस्पतालबाटै गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले संचारकेन्द्रलाई बतायो ।

बिरही भर्याङबाट लडेपछि उनका परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।

पारिवारिक स्रोतले उनलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । नियन्त्रणमा लिइए पनि उनको उपचार भने जारी रहेको बताइएको छ । शर्मा विप्लव नेतृत्वको नेकपाका प्रकाशन विभाग प्रमुख हुन् ।

विश्वका ठुला ठुला देशले कोरोना महामारीलाई मध्यनजर गर्दै जेल र हिरासतमा रहेका कैदी बन्दीको सजाय मिनाहा गर्दै रिहा गरिरहेका बेला यता नेपालमा भने सरकारले राजनीतिक आस्थाका आधारमा नागरिकलाई पटक-पटक गिरफ्तार गरिरहेको छ ।

देशभर कोरोनाको उच्च जोखिम बढेको बेला फैलिन सक्ने सम्भावित महामारी रोक्न जेलमा भएका कैदीबन्दी लाई सामान्य प्रकृतिका मुद्दामा माफी दिएर रिहा गर्नुपर्ने बेला झन् नेपाल कम्युनिष्ट पार्टीको बिचार सिद्धान्तलाई समर्थन गरेकै आधारमा भकाभक नेकपा नेताका आफन्त र परिवारका सदस्यलाई प्रहरीले गिरफ्तार गरेर दुखः दिइ रहेको छ ।

यस्तै नेकपाका महासचिव विप्लवका दाजुसमेत रहेका नेकपाका नेता वीरजङ्गका छोरा दिलीप चन्दलाई प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पुनः नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको आदेशमा जिल्ला अदालतबाट थुनामुक्त भएका दिलीपलाई प्रहरीले सोमबार पुनः नियन्त्रणमा लिएको हो ।

बन्दी प्रत्यक्षीकरण निवेदनका आधारमा सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै नेपाल बार एसोसिएसनका प्रतिनिधिको रोहबरमा दिलीपलाई थुनामुक्त गरिएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेका हुन् ।

गत फागुन १९ गते कपिलवस्तुबाट अभद्र व्यवहारको आरोपमा गिरफ्तार गरिएका दिलीपलाई चैत २३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले तारेखमा छाडेको थियो । सोही दिन उनलाई कपिलवस्तुबाट प्रहरीले गिरफ्तार गरी नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । त्यहाँबाट पनि उनलाई सोही मुद्दा लगाएर कावासोती पुर्याइएको थियो।

यसअघि विप्लवका दाजु जयन्द्र चन्दलाई पनि प्रहरीले ललितपुरबाट बिना कारण गिरफ्तार गरेर करिब २ हप्ता हिरासतमा राखेको थियो । नेपाल सरकारको खेलकुद परिसदका कर्मचारी समेत रहेका जयन्द्रलाई प्रहरीले बिना कारण गिरफ्तार गरेपछि चौतर्फी सरकरको आलोचना भएको थियो । यस्तै विप्लवका अर्का दाजु चन्द्र बहादुर चन्दलाई पनि प्रहरीले लामो समय देखि गिरफ्तार गरेर थुनामा राखेको छ । सञ्चारकेन्द्र

प्रतिकृया दिनुहोस्