News Portal

  • प्रहरी भन्छ : ‘‘सिमानामा अलपत्र परेकालाई ल्याउन माथिको आदेश छैन् ’’ :

    रातोपोस्ट
    ६११ पटक

    झापा। कोरोना रोकथाम तथा अनुगमन जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिनअघिको सर्वपक्षीय बैठकले मेचीपारि अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेको थियो ।

    वैठकले अलपत्र सबैलाई सोमबार ल्याएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा राख्ने निर्णय गरे पनि झापा प्रहरीले भने अलपत्रलाई ल्याउनका लागि ‘माथिको आदेश’ नआएको जनाएको छ ।

    झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले माथिको आदेश नआएसम्म भारतबाट नेपाली ल्याउन नसकिने दाबी गरे । कोइरालाले भने,‘बैठक ल्याउने निर्णय गरेको हुन सक्छ तर गृह मन्त्रालयवाट आधिकारित निर्देशन नआएसम्म ल्याउन सकिन्न ।’ उनले अलपत्रलाई ल्याएर राख्ने क्वारेन्टाइनसमेत तयारी भइनसकेको बताए । ‘उनीहरुलाई ल्याएर कहाँ राख्ने के ख्वाउने ?,’ उनले भने ।

    सर्वपक्षीय बैठकमा प्रदेश सरकारका कानुन मन्त्री हिक्मत कार्कीले नेपाल र भारतबीचको सहमतिअनुसार नेपालमा भएका भारतीयलाई पारि र भारतमा भएका नेपालीलाई वारि ल्याउने औपचारिक निर्णय हुन बाँकी रहेको जनाएका थिए । भारतबाट आएकाहरुलाई होल्डिङमा राख्ने, क्वारेन्टाइनमा राख्ने या सम्बन्धित जिल्ला पठाउने कुरामा प्रदेश सरकार जिम्मेवार रहेको जनाए ।

    भारतबाट करिब २० हजार नेपाली प्रदेशको विभिन्न नाकाबाट नेपाल प्रवेश गर्ने अवस्थामा रहेको मन्त्री कार्कीले जनाए । मेचीपारि हाल हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा रहेको जानकारी आएको छ। कतिपय भने रातिको समयमा अवैध ढंगबाट नेपाल प्रवेश गरिरहेको स्थानीयवासीहरुको भनाईछ । कान्तिपुर

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)