News Portal

नेपालमा डाक्टरलाई पनि देखियाे कोरोना

रातोपोस्ट संवाददाता
५९३ पटक

काठमाडौं। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एकजना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ।

ललितपुरमा आज संक्रमित पुष्टि भएका व्यक्ति चिकित्सक भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले ललितपुरमा संक्रमण पुष्टि भएका व्यक्ति चिकित्सक भएको पुष्टि गरे।

कन्ट्याक्ट ट्रेसिङमा खटिएका उनलाई संक्रमण देखिएको हो। “संक्रमण देखिएका विभिन्न स्थानमा कन्ट्याक्ट ट्रेसिङ गर्न जानु भएको थियो”, उनले भने, “सावधानी अपनाइकै हुन्छ तरपनि संक्रमण देखियो।”

मन्त्रालयका अनुसार संक्रमित पुष्टि भएका चिकित्सक केही दिनअघि संक्रमणको जोखिम देखिएको कपिलवस्तु र रूपन्देहीमा संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न गएका थिए। रोग नियन्त्रण महाशाखाले उनीसँग सम्पर्कम रहेका कर्मचारी लगायतको विवरण संकलनको काम गरिरहेको छ।

ती चिकित्सक भने तराईका जिल्लाबाट फर्किएर आएपछि होम क्वारेन्टाइनमा बसिरहेका छन्। उपत्यकाका तीन जिल्लामा आज पाँच जनामा संक्रमण देखिएको हो। काठमाडौंमा तीन, ललितपुरमा एक र भक्तपुरमा एकजनालाई संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्