News Portal

  • डेरामा बस्‍ने प्रहरीमा कोरोना देखिएपछि बानेश्वरका दुई घर सिल

    रातोपोस्ट संवाददाता
    ८७८ पटक

    काठमाडौं । महानगरीय वृत्त कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि नयाँ बानेश्वर क्षेत्रमा रहेका दुई घर सिल गरिएको छ । संक्रमित प्रहरी डेरामा बस्दै आएको घर र सोही घरसँगै जोडिएको अर्को घर सिल गरिएको हो ।

    गएराति कालीमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । तीमध्ये एकजना श्रीमतीसहित नयाँ बानेश्वरमा डेरामा बस्दै आएका थिए । एक प्रहरी अधिकारीका अनुसार बानेश्वरमा रहेका दुई घरमा सिल गरिएको छ ।

    ती घरमा बस्दै आएका सबैलाई घरबाहिर ननिस्कन र ‘सेल्फ’ क्‍वारेन्टाइनमा बस्‍न भनिएको छ । संक्रमित प्रहरी ड्युटी सकेपछि डेरामै आउने गरेका थिए । संक्रमण देखिएका दुवै प्रहरीको सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)