News Portal

  • झापाका पत्रकारको कोरोना परीक्षण

    रातोपोस्ट संवाददाता
    ८२० पटक

    झापा। झापामा कोरोना भाइरसको संक्रमण तिब्र देखिन थालेपछि जिल्लामा क्रियाशील पत्रकारहरुको पीसीआर परिक्षणका लागि स्वाब संकलन सुरु भएको छ । आज (बुधवार) झापाको विर्तामोडमा प्रदेश जनसंस्थ्य प्रयोगशाखा विराटनगरको प्राविधिक टोलीले स्वाब संकलन गरेको हो ।

    महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले बताए ।

    समाचार रिपोर्टिङका क्रममा पत्रकार अग्रपङ्तिमा रहने भएकाले महासंघ झापाले पहिलो चरणमा २५ जना पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको हो । यसअघि मोरङमा १७ जना पत्रकारको परीक्षण गरिएको थियो ।

    झापामा फ्रन्ट लाइनमा काम गर्ने अरु धेरै पत्रकारको परीक्षण छुटेकाले एक साताभित्र थप परीक्षणको व्यवस्था मिलाइने महासङ्घका सचिव सन्तोष आचार्यले जानकारी दिए ।

    स्वाब संकलनस्थलमा आइपुगेका प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाविरुद्धको अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सकेसम्म सुरक्षित रहेर समाचार संकलन गर्नु पर्नेमा जोड दिए । पत्रकारहरुको स्वाबको रिपोर्ट विहीवार अपरान्हसम्म आइपुग्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)