News Portal

भारतमा १ लाख ३१ हजारभन्दा बढीमा कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
४६३ पटक

काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । एकै दिन थप ६ हजार ६ सय २९ जनामा संक्रमण देखिएको छ । योसँगै कुल संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनाको मृत्यु भएको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रतिकृया दिनुहोस्