News Portal

  • काेराेनाकाे बेला-कविता

    बिजय केसी 'विकल्प'
    १०७१ पटक

    कोरोनाको बेला

    कृपया ! यस्तो बेला,भोज नगर।
    लास सुतिरहेको बेला, मोज नगर ।
    वैज्ञानिकहरु मिल्ने बेला, फुट्ने कुरा नगर
    शक्ति राष्ट्रहरु जुट्ने बेला, जुध्ने कुरा नगर ।

    नरभंक्षि कोरोना मात्तिएको बेला
    सिङ्गो मानव समाज, जगमगाएको बेला
    अभाव,भोक र रोगले, छटपटिएको बेला
    आज अमेरिका समेत, थलिएको बेला ।
    कृपया ! यस्तो बेला ……….

    जनताको आत्मा रोइरहेको बेला
    आफन्तको वियोगले, एक्लिएको बेला
    जनताकै मासु लुछेर, हाड छाला नबाँड
    सुख्खा दालभात बाँडेर, सेकुवा नराख ।
    कृपया ! यस्तो बेला…………..

    शासक र जनताको मुटु उस्तै धड्किन्छ
    धनि र गरिबको, आत्मा उस्तै तड्पिन्छ
    मन सबैको मनै हुन्छ, यस्तो बेला पक्षपात नगर
    अहो मित्र शक्ति र धनीले, मान्छेको मनलाई नमार ।
    कृपया ! यस्तो वेला………………………..

    तिमिसँग छ, तिमि सम्मानित अभिभावक बनेर देऊ
    तिमिसँग छैन, स्वाभिमानले मागेर खाऊ
    हुनेले नहुनेलाई बचाउ, नहुनेले हुनेलाई सघाऊ
    तर, हे मानव आफैलाई, धारे हातले सरापिने पात्र नबनाऊ ।
    कृपया ! यस्तो बेला …………………………..
    लेखक: बिजय केसी ‘विकल्प’हाल जिल्ला कारागार कास्की(पाेखरा)

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)