News Portal

थप २८ जनाले जिते कोरोना, निको हुनेको संख्या १८३ पुग्यो

रातोपोस्ट संवाददाता
३७८ पटक

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण निको भएर घर फर्किनेको संख्या १ सय ८३ पुगेको छ । बुधवार थप २८ जना संक्रमणमुक्त भएर घर फर्किएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।

नारायणी अस्पताल वीरगञ्जबाट २१ जना, कोशी अस्पताल विराटनगरबाट ४ जना, सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट २ जना र बर्दियाबाट १ जना कोरोना निको भएर घर फर्किएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नारायणी अस्पतालबाट डिस्चार्ज भएका २१ जना भर्ना भएको ११ देखि १४औं दिनमा घर फर्किएका हुन् ।

प्रतिकृया दिनुहोस्