रातोपोस्ट संवाददाता

काठमाडौं । आज थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए ।
उनका अनुसार कोरोना संक्रमतिको संख्या १ हजार ४०१ पुगेको छ । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुगेको छ ।