News Portal

डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

रातोपोस्ट संवाददाता
६६७ पटक

डडेल्धुरा: डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका – २ मा चार दिन अगाडि भारतबाट आएकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।

गएराति शौचालय गएकी महिला बेहोस भए लगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। उनले भने ‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस भएर मृत्यु भएको हो।’

विष्टकाअनुसार चार दिन अघि भारतबाट आएकी उनी श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका १ ले निर्माण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्। गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान १ बजे एम्बुलेन्स पुगेपनि अस्पतल भने पुर्‍याउन सकिएन । अहिले स्वास्थ्यकर्मीको टोली घटनास्थल गएको र उनको स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्