News Portal

  • काँकरभिट्टा नाकामा सयौँको संख्यामा मानिसको भीडभाड

    रातोपोस्ट संवाददाता
    ७६३ पटक

    झापा । नेपाल र भारतका विभिन्न जिल्लाबाट काँकरभिट्टा नाका आइपुगेका सयौँको संख्याका मानिसहरु मेचीपुमा अलपत्र परेका छन् । उनीहरुलाई नेपाल र भारतका प्रहरीहरुले नाम टिपाउँदै छोड्ने गरिएको छ ।

    नेपाल आउने भन्दा पनि भारत नै जानेको संख्या मेचीपुलमा सयौँको छ । उनीहरुलाई खाना खुवाउने काम पनि काँकरभिट्टा सोसाईटीले धमाधम गरिरहेको अवस्था छ । विहीबार दुवै देशबाट दुधेवालबच्चा समेत च्यापेर आएका हजारौँको संख्याका मानिसहरुको भीडभाड मेचीपुलमा देख्न सकिन्छ ।

    उनीहरुमध्ये केहिलाई भारत र भारतबाट आउने नेपालीहरुलाई काँकरभिट्टा माविको होल्डिङ प्वाइन्टमा राख्ने तथा कसैलाई आआफ्नो जिल्ला पठाउने काम भइरहेको छ । यता काँकरभिट्टा बसपार्कमा भारत जानका लागि तीन गाडी मानिस तैनाथरुपमा बसिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)