News Portal

  • अज्ञात समूहद्वारा पाँच वटा एक्साभेटरमा आगजनी

    रातोपोस्ट संवाददाता
    १०६५ पटक

    बुटवल । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ् गरेर राखिएका ५ वटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण चारवटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको र एउटामा आंशिक क्षति पुगेको छ ।

    ५ नम्बर प्रदेश कार्यालय दाङका अनुसार बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट एक्साभेटरमा आगजनी गरिएको छ । कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)