News Portal

क्वारेन्टाइनमै बिहे !

रातोपोस्ट संवाददाता
६६७ पटक

दाङ, असार २ । दाङको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले गत जेठ ३२ गते क्वारेन्टााइनमै विवाह गरेका छन् ।भारतबाट आएर क्वारेन्टिनमा बसेका उनिहरु पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको हाे ।

दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए ।

‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको बेलामा घर परिवारको सल्लाहमा जोडीको विवाह भयो ।’

क्वारेन्टिन नजिक वर, पिपलको रुखमुनि वैवाहिक कार्यक्रम गरिएको र नव जोडी अहिले घरमा बसेका छन् । ‘एक हप्तासम्म अलग अलग बस्न भनिएको छ’ उनले भने, ‘क्वारेन्टिनमा बसेका मध्य चारजनाको रिपोर्ट पोजेटिभ आएपछि उहाँहरुलाई एम्बुलेन्स मार्फत आइसोलेशनमा लगियो भने, रिपोर्ट नेगेटिभ आएको जोडी विवाह गरेर घर जानु भयो ।’ विवाह बन्धमा बाँधिएका पुरुष २३ वर्षका र महिला २१ वर्षका हुन् ।

प्रतिकृया दिनुहोस्