News Portal

  • आज थप ६२९ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्याे

    रातोपोस्ट संवाददाता
    ३७७ पटक

    काठमाडौं, असार १०। पछिल्लो २४ घण्टामा देशभर थप ६ सय २९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५१९ जना पुरुष र ११० जना महिला रहेका छन् । काठमाडौंमा पनि एक जना थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ६२९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । संक्रमितमध्ये २ हजार ३३८ जना उपचारपछि निको भएर फर्किसकेका छन् । गएको २४ घण्टामा मात्रै ११४ जना डिस्चार्ज भएका छन् ।

    पछिल्लो २४ घण्टामा २८ वटा प्रयोगशालामा गएको २४ घण्टामा ६ हजार ८२८ पीसिआर परिक्षण भएको प्रवक्ता डा। गौतमले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)