News Portal

बिकासको योजना काटेर राहत बितरण गर्दै नगरपालिका

राजन ठटाल
५५४ पटक

खोटाङ,असार १३ । दिक्तेलकाे रुपाकोट मजुवागढी नगरपालिका वडा नम्बर-७ मा बिकासको योजना काटेर दैनिकी ज्यालामंजदुरी गरेर गुजारा चलाउदै आएका वडाका २ सय ८५ परिवारलाई नगरले तेश्रो चरणको राहत वितरण गरेको हाे ।

शनिबार एक कार्यक्रमको बीच दिक्तेल रुपकोट मजुवागढी नगरपालिका मेयर दीपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले २ सय ८५ घरपरिवालाई प्रत्येक घरमा ३० केजी चामल बितरण गरेको वडा नम्बर ७ का वडा अध्यक्ष महन्त कुमार राईले जानकारी दिए ।

पहिलो चरणमा ९६ घरपरिवार र दोश्रो चरणमा ५५ घरपरिवारलाई राहत वितरण गरि सकेको राईले बताए ।

राई अनुसार दैनिकी ज्यालामजदुरी गरेर जीवन गुजारा गदै आएका मजदुरलाई लकडाउनकाे कारण आयमुलक काम गर्न नपाउँदा हातमुख जोर्नै धौ–धौको भएकाेले वडाको बिकासको योजना काटेर ४ लाख रुपैयाँको राहात बितरण गरिएको राईले बताए ।

राहात बितरण कार्यक्रममा मेयर दीपनारायण रिजालले भने, नगरका कुनै पनि नागरिक भोगका कारणले मन्न दिने छैन ।

जनप्रतिधि र कर्मचारीको एक महिनाको तलब काटेर जम्मा ७५ लाख भन्दा बढि कोरोना कोषमा जम्मा गरेको उनले बताए । अहिले सम्म नगरमा ३ हजार भन्दा बढि घरपरिवारलाई राहात बितरण गरेको रिमालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्