News Portal

सहकारी संस्थालाई ब्याज मिनाह र किस्ताको समय थप गर्न यातायात व्यवसायीको माग

रातोपोस्ट संवाददाता
११२७ पटक

झापा। झापाकाे मेचीनगरका यातायात व्यवसायीहरुले लकडाउन अवधिको व्याज मिनाह र किस्ताको समय थप गर्न नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) काँकरभिट्टालाई अनुरोध गरिएको छ ।

सोमबार एनएमसीको प्रधान कार्यालय झापाकाे काँकरभिट्टामा व्यवसायीहरुले यस्तो मागसहितको पत्र बुझाएका हुन् । लकडाउन अवधिलाई शुन्य समय मानी ब्याज मिनाह तथा किस्तालाई ६ महिना अवधिको समय थप गरिदिन पूर्व मेची बस व्यवासायी प्रालिले अनुरोध गरेको छ ।

कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र सार्वजनिक यातायात, होटल, पर्यटन क्षेत्रका व्यवसायीले व्याज मिनाह तथा किस्ताको समय थप गर्न अनुरोधसहितको पत्र एनएमसीको कार्यालयमा बुझाइएको प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

प्रालिको सभाहलमा भेला भएका एनएमसीका शेयर सदस्य समेत रहेका व्यवसायीहरुले विभिन्न क्षेत्रका लागि लिएको ऋणको व्याज मिनाह तथा किस्ताको समय थप्न जोडदार माग गरेका छन् । एनएमसी काँकरभिट्टा कार्यालय प्रमुख तेजकुमारी घिमिरेलाई अध्यक्ष श्रेष्ठको नेतृत्वमा गएको टोलीले अनुरोध पत्रसहितको माग पेश गरेको थियो ।

प्रतिकृया दिनुहोस्