News Portal

  • मेचीनगरमा एकै दिन थपिए १४ जना कोरोना संक्रमित, नगरमा संक्रमित संख्या ४१ पुग्यो

    रातोपोस्ट संवाददाता
    ४१६ पटक

    झापा, असार १९ । मेचीनगर नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।

    संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा नं. ५, ३, १५, ९, १०, १२ र १४ का रहेकोे प्रतिष्ठानले जनाएको छ । संक्रमित २० बर्षदेखि ५५ बर्ष उमेर समुहका रहेका छन् ।

    योसंगै मेचीनगरमा संक्रमितको संख्या ४१ पुगेको छ । त्यस मध्ये ३ जना उपचार पछि घर फर्किएका छन् । संक्रमित सबैलाई अस्पताल पठाउन लागिएको मेचीनगरका सामाजिक बिकास समिति संयोजक नविन बरालले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)