रातोपोस्ट संवाददाता

काठमाडौं, असार २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तय गरिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको वार्तामा आजको बैठकमा निर्णयक सहमति गर्ने विषयमा छलफल भएपनि आज पनि बैठक स्थगित भएको हो ।
नेकपाको आन्तरिक विवाद सतहमा आए पछि यतिबेला सर्वत्र चासो बढेको छ । यता असार १० गते देखि जारी स्थायी कमिटी बैठक पनि पछिल्ला दिनहरुमा सर्दै आएको छ ।
नेकपाभित्रको आन्तरिक विवाद सतहमा आएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समस्या समाधानका लागि भन्दै लामो समयदेखि छलफल चल्दै आएको छ ।