News Portal

मेचीनगरमा थप ५ जनामा कोरोना पुष्टि

रातोपोस्ट संवाददाता
९८२ पटक

झापा, १४ असार । झापाको मेचीनगर नगरपालिकाका विभिन्न क्वारेन्टिनमा रहेका पाँच जनामा बुधबार थप कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेचीनगर–९ को कविशिरोमणि माविको क्वारेन्टिनका एक जना, मेचीनगर–८ को आदर्श माविमा रहेका एक जना, मेचीनगर–९ अतिथि सदनमा रहेका एक जना र मेचीनगर–६ को काँकरभिट्टा माविमा रहेका दुई जना गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो ।

धरान विपी कोइराला विज्ञान प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा उनीहरुको रिर्पोट पोजेभिट देखिएको छ ।

प्रतिकृया दिनुहोस्