News Portal

  • प्रहरीलाई घुस दिन खोज्ने दुईजना प्रकाउ

    रातोपोस्ट संवाददाता
    १२६३ पटक

    दाङ, असार २९ । दाङमा प्रहरी निरीक्षकलाई एक लाख ५० हजार रुपैया घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध (ब्राउन सुगर) मुद्दामा पक्राउ परेका सागर केसी भनिने दुर्गाराम खत्रीको मुद्दा मिलाई दिनुप-यो भनि जवरजस्ती एक लाख ५० हजार रुपैया घुस दिने खोज्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

    पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १८ सुपैलाकुटी बस्ने २७ बर्षीय गोबिन्द शाह र प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं. ५ भिङ्ग्री घरभै हाल दाङको लमही नगरपालिका वडा नं. ५ लमही बजार बस्ने ३० वर्षीय समिर भण्डारी रहेको प्रवक्ता खड्काले जानकारी दिए ।

    उनीहरुले शनिवार वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै भेट गरी कुराकानीका क्रममा उक्त रकम घुस दिन खोजेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागी आइतवार प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल पठाएको खड्काले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)