News Portal

समुदायमा कोरोना फैलिएको आशंकामा काँकडभिट्टामा ‘मास टेस्टिङ’

रातोपोस्ट संवाददाता
५४१ पटक

झापा, साउन १२। झापाको मेचीनगरमा समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा ‘मास टेस्टिङ’ शुरू गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ थालेको हो ।

कोरोना परीक्षणको लागि पहिलो दिन ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए। काँकडभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड-१९ पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का छ।

हिजो पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकडभिट्टाका ३२ जना, स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन्।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने ४६ जना डिस्चार्ज भएका छन्। २४ जना विभिन्न कोभिड अस्पतालमा उपचाररत छन्। दोस्रो चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्